गोकर्ण पौडेल
तुलसीपुर, जेठ २५ गते । बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचारत दश जना कोरोना सङ्क्रमित सन्चो भएर आज घर फर्कनुभएको छ । घोराही उपमहानगरपालिका - १, का एक जना, गढवा गाउँपालिकाका एक जना बाकेँ नरैनापुर गाउँपालिकाका पाँच जना कपिलवस्तुका दुई जना र बर्दियाका एक जना हुनुहुन्छ ।
दशै जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । अस्पतालमा अब ४५ जना उपचाररत रहेको अस्पतालका हेल्थ असिस्टेण्ट द्रोण वलीले जानकारी दिनुभयो । यसअघि अाठ जना उपचारपछि घर फर्किसक्नुभएको छ ।
अस्पतालबाट हालसम्म १८ जना घर फर्किसक्नुभएको छ । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको अस्पतालका असिस्टेण्ट द्रोण वलीले जानकारी दिनुभयो । यता प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उपचारपछि सन्चो भएर घर फर्कनुभएकालाई बधाई ज्ञापन गर्नुभएको छ । प्रदेश पाँचमा निको भए घर फर्कनेको सङ्ख्या बढ्दै गएकोमा मुख्यमन्त्री पोखरेलले खुसी व्यक्त गर्नुभएको छ । अस्पतालमा उपचाररत एक जनामा डेङ्गु देखापरेपछि बुटवल रिफर गरिएको थियो ।