logo
२०८१ मंसिर १३ बिहीवार



कन्ट्याक्ट ट्रेसिङको आधारमा भेटिए सङ्क्रमित

फिचर |


कन्ट्याक्ट ट्रेसिङको आधारमा भेटिए सङ्क्रमित


प्यूठान समाचारदाता
प्यूठान जेठ २७ गते । जिल्लामा कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा सङ्क्रमित भेटिएका छन् । पछिल्लो पटक प्यूठान नगरपालिकामा आठ जना व्यक्ति कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट भेटिएका हुन् ।

दाङ गढवामा देखिएका सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर गरिएको थियो, स्वास्थ्य संयोजक गोविन्द घिमिरेले भन्नुभयो, 'सबै जना भारतबाट आएका व्यक्ति हुन् ।'
त्यसैगरी, भारतको इन्दौरबाट सँगै आएका गढवा दाङका एक व्यक्तिमा सङ्क्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरी परीक्षण गर्दा सरुमारानी गाउँपालिका–२ का १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । 'उनीसँगै क्वारेन्टाइनमा बसेका २७ जनाको पीसीआर जाँच गरिएको थियो', स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले भन्नुभयो । सङ्क्रमितमध्ये सरुमारानीका एक जनालाई दाङको बेलझुण्डी पठाइएको छ भने बाँकीलाई जिल्लाभित्रकै विभिन्न ठाउँमा आइसोलेसनमा राखिएको छ ।

त्यस्तै, बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका माण्डवी गाउँपालिकाका दुई जना सङ्क्रमितलाई पालिकामा ल्याएर आइसोलेसनमा राखिएको स्वास्थ्य संयोजक धुव्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।

स्वर्गद्वारी नगरपालिकामा एक जना सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखिएको छ । स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य संयोजक दलबहादुर केसीले उक्त सङ्क्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा थप २६ जनाको स्वाव सङ्कलन गरी पठाइएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?