logo
२०८१ मंसिर १३ बिहीवार



क्वारेन्टाइनबाट उपचार गरी फर्कने क्रममा एककाे बाटोमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

फिचर |
प्रदेश |


क्वारेन्टाइनबाट उपचार गरी फर्कने क्रममा एककाे बाटोमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी
सांकेतिक तस्बिर


गणेश खनाल
अर्घाखाँची,जेठ २८ गते । मालारानी गाउँपालिका वडा नं. ४ खनमा रहेको सार्वजनिक आधारभूत विद्यालयमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरूषको बुधबार मृत्यु भएको छ ।

दम रोगबाट बिरामी भएका उनलाई मगलबार एम्बुलेन्सबाट उपचारका लागि बुटवल पठाइएको थियो । उपचार गरी फर्कँदै गर्दा अर्घाखाँचीको ठाडा कोन्द्रे खोलामा ज्यान गएको हो ।
मृतकको काेराेना परीक्षणका लागि जेठ २३ गते स्वाब सङ्कलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियाे । परीक्षणकाे रिपोर्ट नआइसकेको जनस्वास्थ्य अधिकृत गणेशराज पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?