logo
२०८१ मंसिर १३ बिहीवार



कालीकोट दुर्घटनाः दुईको मृत्यु, ९  घाइते र ६  बेपत्ता (नामावलीसहित) 

फिचर |
प्रदेश |


कालीकोट दुर्घटनाः दुईको मृत्यु,  ९  घाइते र ६  बेपत्ता (नामावलीसहित) 


मान्म, जेठ २८  गते । कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ ।    
    
 मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । दुर्घटनामा परी छ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन् । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।    
    
 दुर्घटनामा नौजना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की रहनुभएको छ । उहाँहरुको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको प्रहरीले जनाएको छ । बाइसजनाको भने सकुशल उद्धार गरिएको छ ।    
    
 कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो । टिपरमा ३९ यात्रु सवार रहेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?