logo
२०८१ मंसिर १४ शुक्रवार



सरिता गिरीलाई पार्टीले दियाे प्रस्ताव फिर्ता लिन निर्देशन, फिर्ता नलिए कारबाही गर्ने चेतावनी

फिचर |
राष्ट्रिय |


सरिता गिरीलाई पार्टीले दियाे प्रस्ताव फिर्ता लिन निर्देशन, फिर्ता नलिए कारबाही गर्ने चेतावनी


सुरेशकुमार यादव

काठमाडौँ, जेठ २८ गते । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयमा दर्ता गराएको संशाेधन प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दे बुधबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियाे ।

विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशङ्कर अरगरियाले निर्देशन दिनुभएको हाे। प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्न बाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?