logo
२०८१ मंसिर १३ बिहीवार



सप्तरीमा सङ्क्रमितको सङ्ख्या १२१ पुग्यो

फिचर |


सप्तरीमा सङ्क्रमितको सङ्ख्या १२१ पुग्यो


धीरेन्द्रप्रसाद साह
राजविराज, जेठ २९ गते । सप्तरीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२१ पुगेको छ । बिहीबार जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका छ जना सङ्क्रमित थपिएको छ । उनीहरू १५ वर्षदेखि माथि र ३८ वर्षमुनिका छन । आइसोलेसन बेड अभावले सङ्क्रमितहरू अहिले क्वारेन्टाइनमै रहेको बताइएको छ ।

बुधबार छिन्नमस्ता गाउँपालिकामा एक महिलासहित छ जना र बोदेबर्साइन नगरपालिकामा तीन जना सङ्क्रमित थपिएको थियो । नयाँ थप भएको सङ्क्रमितहरूको पीसीआर परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा गरिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।
नयाँ थपिएको सङ्क्रमितसहित जिल्लाको बोदेबर्साइन नगरपालिकामा २४, डाक्नेश्वरी नगरपालिकामा १२, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कङ्कालिनी नगरपालिकामा १२, छिन्नमस्ता

गाउँपालिकामा १५, राजविराज नगरपालिकामा १२, बलान बिहुल गाउँपालिकामा २७, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका, तिरहुत गाउँपालिका, शम्भुनाथ नगरपालिकामा एक/एक र कञ्चनरुप नगरपालिकामा दुई जना सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताउनुभयो । जिल्लाका सङ्क्रमितहरू भारतको विभिन्न स्थानबाट आएको यात्रा वृत्तान्त रहेको उहाँले बताउनुभयो ।  जिल्लामा हालसम्म चार जना निको भएर घर फर्किसकेका छन् भने थप २० जनालाई डिस्चार्ज गर्ने अवस्थामा रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?