मुना हमाल
सुर्खेत, जेठ २९ गते । कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बिहीबार नयाँ ५५ जना सङ्क्रमित थपिएपछि कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका छ जना र काठमाण्डौँ घर भइ हाल सुर्खेत रहेका एक जनामा रहेका छन् ।
यस्तै कर्णालीमा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या ६० पुगेको छ । बिहीबार मात्रै कर्णाली प्रदेश अस्पतालअन्तर्गत कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ३१ जना निको भएर घर फर्किएका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।