logo
२०८१ असोज ९ बुधवार



भारतमा सङ्क्रमित हुने तीन लाख नाघ्यो

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा सङ्क्रमित हुने तीन लाख नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३१ गते । भारतमा कोरोनाभाइरसबाट तीन लाखभन्दा बढी जना सङ्क्रमित भएका छन् । भारतको आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभाबित छन् । पछिल्लो चौबिस घण्टामा ३८६ जनाको मृत्यु भएको हो ।
लकडाउन खुकुलो गरेपछि दैनिक औसतमा दश हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिदै आएको भारतमा पछिल्लो चौबिस घण्टामा करीब १२ हजार नयाँ सङ्क्रमित थपिएका छन् । शुक्रबार एकैदिन ११ हजार ४५८ जना नयाँ सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । एकैदिनमा थपिएका नयाँ सङ्क्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।
भारतीय स्वास्थ्य मन्त्रलायका अनुसार भारतमा कोरोना सङ्क्रमितको संख्या तीन लाख आठ हजार ९९३ पुगेको छ । संयुक्त राज्य अमेरिका, रुस र ब्राजिल तीन लाख सङ्क्रमित भएका राष्ट्र हुन । तीनवटै राष्ट्रको अपेक्षा भारतको जनसंख्या अत्याधिक बढी रहेको छ । राजधानी नयाँ दिल्लीमा पछिल्लो १२ दिनमा सङ्क्रमित हुनेको संख्या २१ प्रतिशतले बढेको छ । नयाँ दिल्लीमा सङ्क्रमित हुने ३६ हजार ८२४ छन् । आर्थिक राजधानी महाराष्ट्रमा एक लाख एक हजार १४१ जना सङ्क्रमित छन् ।
भारतमा पहिलो सङ्क्रमित फेला परेको ७८ दिनपछि एक लाख सङ्क्रमित पुगेको थियो । दोस्रो एक लाख पुग्न मात्र १५ दिन लागेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क बमोजिम कोरोनाभाइरसका एक लाख ५४ हजार ३२९ जना बिरामी कोरोनामुक्त भएका छन् । सक्रिय बिरामीको संख्या एक लाख ४५ हजार ७७९ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?