logo
२०८१ मंसिर १२ बुधवार



कञ्चनरुप नगरपालिकाका २७८ मुसहर परिवारलाई राहत

फिचर |
समाज |


कञ्चनरुप नगरपालिकाका २७८  मुसहर परिवारलाई राहत



माला कर्ण
सप्तरी, जेठ ३१ गते । लामो लकडाउनको कारण खाद्यान्न अभाव भाेगिरहेका सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर १, ४ र १० का २७८ मुसहर र डोम परिवारलाई राहत वितरण गरेको छ।
कोरोना भाइरस (कोभिड–१९)का कारण जारी लकडाउनको मारमा रहेको मुसहर र डोम समुदायलाई दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–८ ले शुक्रबार राहत वितरण गरेको हो ।
व्योम कुसुमा बुद्धधर्म सङ्घका विध्याधर आचार्य हायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा मञ्चले वडा नं. ४ मा ११२ घर, वडा नं. १० मा  १२९ घर र वडा नं. १ मा ३१ घर मुसहर समुदायलाई राहत वितरण गरिएको संस्थाकी कार्यक्रम सहायक अनिता कुमारी खंगले जानकारी दिनुभयो। । राहतमा उसिना चामल २५ किलो, गहुँको पिठो पाँच किलो, दाल तीन किलो, सोयाविन तीन किलो, साबुन चार वटा र नुन २ पाकेट वितरण गरिएको छ ।
कञ्चनरुप नगरपालिकाले अहिलेसम्म एकपटक मात्रै राहत वितरण गरेकोले लकडाउनका कारण दलित समुदायभित्र पनि सीमान्तीकृत मुसहर समुदायलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको कार्यक्रम सहायक खंगले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय मुसहर सङ्घका सचिवालय सदस्य बद्री सदा, कञ्चनरुप ११ का रामनारायण सदाले राहत वितरणको लागि समवन्य गरेको थियो ।
वडा नम्बर १०का वडाअध्यक्ष दिलिप चौधरीले राहत वितरणले सीमान्तीकृत मुसहर समदायले भोकमरीबाट बचाउन धेरै ठूलो सहयोग भएको बताउनुभयो । राहत वितरण कार्यक्रममा वडा नं. १० का वडाअध्यक्ष दिलिप चौधरी, वडा सदस्य रामलखन पासवान, दलित अगुवा शिवशङ्कर पासवान, जगदेव सदा, वडा नं. १ का वडा अध्यक्ष करिम शेख, वडा सदस्य शोभा यादव, वडा नं. ४ मा मञ्चका कार्यसमिति सदस्य रमानन्द राम, दलित अगुवा दीपक सदा, रविन पासवान, वडा नं. ८ का वडा सदस्य सञ्जय पासवानलगायतकाले वितरणमा सहयोग गर्नुभएकाे थियाे । 
नेपाल राष्ट्रिय मुसहर सङ्घका सचिवालय सदस्य बद्री सदाका अनुसार लकडाउनका कारण दलितहरूको रोजीरोटी बन्द भएपछि दैनिक रुपमा काम गरेर खाने वर्गलाई सबभन्दा बढी समस्या भएको बताउनुभयो।
यसअघि पनि दलित सरोकार मञ्चले विभिन्न सङ्घ सस्था र व्यक्तिहरूको सहयोगमा कञ्चनरुप नगरपालिका–५ प्रिप्रापूर्व, हनुमानगर कङ्कालिनमाई नगरपालिका–१ कोशी ब्यारेज, कञ्चनरुप नगरपालिका–५ कै रामपुर पथरी, कञ्चनरुप नगरपालिका–८ र ४ का एकल महिला र अपाङ्ग ३५० परिवारभन्दा बढीलाई राहत वितरण गरेको मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?