logo
२०८१ मंसिर १४ शुक्रवार



कर्णालीमा ७० जना सङ्क्रमित थपिए, कुल सङ्ख्या ९१६ पुग्यो

फिचर |
प्रदेश |


कर्णालीमा ७० जना सङ्क्रमित थपिए, कुल सङ्ख्या ९१६ पुग्यो



मुना हमाल
सुर्खेत, जेठ ३१ गते । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको छ । शनिबार थप ७० जना कोरोना सङ्क्रमित भेटिएसँगै कर्णालीमा सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको हो ।
सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका ३० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।  
यस्तै, शनिबार नौ जना सङ्क्रमति निको भएर घर फर्किएका छन् । जिल्ला अस्पताल र दुल्लु अस्पतालमा उपचार गराइरहेका नौ जना निको भएर घर फर्किएको महाशाखाले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमित भएका ९१ जना निको भएर घर फर्किसकेका छन् । कर्णालीमा कोरोनाका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?