प्रकाशचन्द्र भट्टराई
दमौली, असार १ गते । तनहुँका पाँच जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दैआएका ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै यसको जानकारी दिएको हो ।
गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार सङ्क्रमित सबैलाई शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।
यसअघि तनहुँका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूलाई पनि सोही आइसोलेसन राखिएको छ ।