logo
२०८१ फाल्गुन १७ शनिवार



सल्यानमा तीन वर्षीया बालिकासहित ४१ जना कोरोनामुक्त

प्रदेश |


सल्यानमा तीन वर्षीया बालिकासहित ४१ जना कोरोनामुक्त


प्रतीक शर्मा
सल्यान, असार २ गते । सल्यानका ४१ जना कोरोना सङ्कमित निको भएर घर फर्किएका छन् । जिल्ला अस्पताल, सल्यानको आइसोलेसनबाट छजना र सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनबाट ३५ जना निको भएर घर फर्किएका हुन् ।

निको भएर घर फर्कनेमा तीन वर्षीया बालिकादेखि ६० वर्सम्मका रहेको स्वास्थ्य कार्यालय, सल्यानले जनाएको छ । सल्यान बहुमुखी क्याम्पसको आइसोलेसन र सल्यान अस्पतालमा रहेको कोरोना सङ्क्रमित १११ जनाका दोश्रो पटक पीसीआर रिपाेर्ट जाँच गर्दा ४१ जनाको रिर्पोट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको छ ।

स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले निको भएर घर फर्कनेमा दार्मा गाउँपालिकाका छ जना र बनगाड कुपिण्डे नगरपालिकाका ३५ जना रहेको बताउनुभयो । उहाँका अनुसार सल्यानमा कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ५४ पुगेको छ । यसअघि सुर्खेतको कोरोना अस्पतालमा उपचाररत १३ जना निको भएर घर फर्किसकेका छन् ।

लुहापिङको आइसोलेसन र सल्यान अस्पतालको आइसोलेसनमा ८२ जना बिरामी रहेको र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
सल्यान बहुमुखी क्याम्पस सल्यानमा रहेको आइसोलेसनमा रहेका कोरोना सङ्क्रमित निको भएर घर फकिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?