logo
२०८१ असोज ९ बुधवार



चीनको नियन्त्रणमा रहेका दश भारतीय सेना मुक्त

फिचर |
अन्तर्राष्ट्रिय |


चीनको नियन्त्रणमा रहेका दश भारतीय सेना मुक्त
तस्विर-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ५ गते । चीनले सीमा भिडन्तको क्रममा नियन्त्रणमा लिएको दश जना भारतीय सेनाका जवानलाई मुक्त गरेको छ । गत सोमबार भारत र चीन जोड्ने लद्दाखमा दुवै राष्ट्रका सेनाबीच भिडन्त हुँदा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।
भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले दश जना सिपाहीलाई मुक्त गरिएको उल्लेख गरेको छ । भारत सरकारले भने उक्त सूचनाको पुष्टि गरेको छैन । भारतले भिडन्तको क्रममा कुनै सिपाही हराएकोबारे पुष्टि गरेको छैन । यद्यपि भारतीय सेनाले बिहीबार अबेर आफ्नो कुनै सैन्य सदस्य नहराएको बताएको थियो ।
चीनले भिडन्तको क्रममा भएको क्षति सम्बन्धमा खुलाएको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भने चीनतर्फ पनि क्षति भएको प्रष्ट्याउनुभएको थियो । तर दुवै देशका नागरिकस्तरमा पर्नसक्ने नकारात्मक प्रभाव र सम्वेदनशीलतालाई ध्यानमा राखेर चीनले सङ्ख्या नखुलाएको बताइएको छ । भारततर्फ भने एक जना कर्णेलसहित २० जना सेनाको मृत्यु भएको थियो, ७६ जना घाइते भएका थिए । इन्डिया टुडेका वरिष्ठ सम्पादक शिव अरुरले ट्वीट गर्दै भारतीय सेना मुक्त गरिएपछि दुवै पक्षबीच वार्ता र छलफलको वातावरण तयार हुने बताउनुभएको छ ।
भिडन्तको क्रममा प्रयोग गरिएका घरेलु हतियारको तस्बिर  बिहीबार सार्वजनिक भएको थियो । गत सोमबार भारत र चीनको सेनाबीच सीमा जोड्ने लद्दाखको गलवान नदीछेउमा भिडन्त भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?