logo
२०८१ असोज ९ बुधवार



भारतमा सङ्क्रमित चार लाख नाघ्यो, मृतक १३ हजारभन्दा बढी

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा सङ्क्रमित चार लाख नाघ्यो, मृतक १३ हजारभन्दा बढी


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ७ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने चार लाख नाघेको छ । शनिबार एकैदिन १५ हजार ८१३ नयाँ सङ्क्रमित थपिएका छन् । शनिबार बिहानसम्म तीन लाख ९६ हजार सङ्क्रमित रहेको भारतमा पछिल्लो चौबिस घण्टामा थपिएका नयाँ बिरामीसँगै कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ११ हजार ५०० पुगेको छ । मृत्यु हुनेको सङ्ख्या १३ हजार पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल र रुसपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुने राष्ट्र भारत हो । आर्थिक सुधारका लागि लकडाउनका उपायहरू हटाइएदेखि भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढेको छ ।
पछिल्लो आठ दिनमा एक लाख नयाँ सङ्क्रमित थपिएका छन् । त्यसअघि तेस्रो एक लाख बिरामी पुग्न करीब दश दिन लागेको थियो । दोस्रो एक लाख पुग्न १५ दिन र पहिलो एक लाख पुग्न करिब ७८ दिन लागेको थियो । पछिल्लो चौबिस घण्टामा भारतमा एक लाख ८९ हजार ८६९ जनामा कोरोनाभाइरसको परीक्षण गरिएको छ । परीक्षणमा वृद्धि कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्या पनि बढ्दैगएको हो ।
भारतको महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?