logo
२०८१ असोज ९ बुधवार



कोरोना महामारी यता ट्रम्पको पहिलो चुनावी रयाली

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोना महामारी यता ट्रम्पको पहिलो चुनावी रयाली


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ७ गते । कोरोना महामारी सुरु भए यता पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानको सुरुवात गर्नुभएको छ । उहाँले शनिबार साँझ ओक्लाहम राज्यको तुल्साबाट चुनावी अभियानको सुरुवात गर्नुभएको हो ।
सीएनएनका अनुसार तुल्सा काउन्टीबाट सुरु भएको चुनावी रयालीमा समर्थकको भिड अपेक्षाकृत रहेनन । करीब दश लाख समर्थक सहभागी हुने अनुमान गरिएको थियो । तर अनुमान बमोजिम भिड जुट्न नसकेपछि अभियानीले योजना नै परिवर्तन गर्नुपर्यो । हजारौँ भिडका बीच तुल्साको खुला सडकमा ट्रम्पको पूर्वनिर्धारित सम्बोधन बीओके केन्द्रभित्र सार्नुपर्यो । निर्धारित स्थलमा सम्बोधन हुनुभन्दा दुई घण्टाअघि मात्रै केही दर्जन समर्थन जम्मा भएपछि योजना परिवर्तन गरिएको थियो ।
बीओके केन्द्रभित्र ट्रम्पले करिब एक घण्टा ४० मिनेटसम्म सम्बोधन गर्नुभयो ।
तुल्सा काउन्टीमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्च रहेको छ । राष्ट्रपति ट्रम्पको चुनावी अभियानको पूर्वसन्ध्यामा तुल्सा काउन्टीका उहाँका छ जना अभियानीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । राष्ट्रिय स्वास्थ्य अधिकारीहरूको सचेतनाका बावजुद रयालीका सहभागीहरूले सामाजिक दूरी र मास्क लगाउनुपर्ने सर्तकताका उपायहरू अपनाइएको देखिएन ।
अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार छन् भने डेमोक्रयाटको प्रतिनिधित्व जोय बिडेनले गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?