तारा चापागाई दुवे
पोखरा, असार १० गते । गण्डकी प्रदेशमा कास्कीसहित आठ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७२९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणको बुधबार बिहानको पछिल्लो विवरण अनुसार बाग्लुङमा नाै ,स्याङ्जामा सात, लमजुङमा पाँच, पर्वतमा एक, कास्कीमा पाँच, गोरखामा एक जना, नवलपुरमा तीन र तनहुँ एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
काेराेना पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।