logo
२०८१ मंसिर १५ शनिवार



समझदारी गरेर अगाडि बढ्न नेकपाका नेताहरूको प्रचण्डसँग आग्रह

फिचर |
मुख्य समाचार |


समझदारी गरेर अगाडि बढ्न नेकपाका नेताहरूको प्रचण्डसँग आग्रह


लक्की चौधरी

काठमाडौँ, असार १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीच असमझदारी बढ्दैगएपछि असमझदारी हटाउन पार्टीका नेताहरू सक्रिय हुनुभएको छ । बिहीबार खुमलटार निवासमा गएर पार्टीका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी समझदारी गरेर अघि बढ्न सुझाव दिनुभएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दलका नेताहरू अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न बिहान खुमलटार पुग्नुभएको थियो । बैठक ८ः३० देखि १०ः३० बजेसम्म भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डसँग सल्लाह गर्न नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, विष्णु रिमाल, शङ्कर पोखरेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली खुमलटार पुग्नुभएको थियो ।

नेताहरूले अध्यक्ष प्रचण्डसँग पार्टी एकता प्रक्रिया जोगाउन र थप मजबुत बनाउन विश्वासको वातावरण बनाउन आग्रह गर्नुभएको सापकोटाले जानकारी दिनुभयो । यसैबीच बुधबार साँझ नेकपाका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादलसहितको नेताहरूको भेला सम्पन्न भएको थियो । त्यस्तै, नेकपा स्थायी कमिटीको छैटाैँ बैठक आज पनि बस्दैछ । बिहान ११ बजे तय भएको बैठकअघि बालुवाटारमा नेताहरू छलफलमा रहनुभएको बालुवाटार स्रोतले जनाएकाे  छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?