logo
२०८१ असोज ११ शुक्रवार



१६ जना सङ्क्रमित भएपछि बेहुलालाई छ लाख जरिवाना

फिचर |
अन्तर्राष्ट्रिय |


१६ जना सङ्क्रमित भएपछि बेहुलालाई छ लाख जरिवाना


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १८ गते । भारतको राजस्थानमा वैवाहिक कार्यक्रम सम्पन्न गरेको परिवारले अप्रत्याशित रुपमा अतिरिक्त खर्च गर्नुपरेको छ । विवाहमा पाहुनाको रुपमा आएका १६ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएकोमा एक जनाको मृत्यु भयो ।
स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले सुरक्षा कानूनको उल्लङ्घन गरेको ठहर गर्दै बेहुलाको परिवारलाई छ लाख जरिवाना तिर्नुपरेको उल्लेख गरेको छ। कोरोना सङ्क्रमको बेला वैवाहिक कार्यक्रममा अधिकतम ५० जना पाहुना सहभागी हुन पाउने व्यवस्था गरिएको छ । तर उक्त उत्सवमा कम्तीमा एक हजार पाहुना सहभागी भएका थिए ।
बेहुलाको परिवारले सङ्क्रमित १५ जना र क्वारेन्टाइनमा रहेका ६० जनाको उपचार खर्च तिर्नुपर्नेछ । जसमा आइसोलेसन वार्ड र अन्य सेवामा लाग्ने खानासहित खर्चसमेत जोडिनेछ ।
यसअघि गत साता मात्रै भारतको बिहार राज्यमा एक विवाह उत्सवमा सहभागी एक सय जना पाहुनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लक्षण देखिएको बेहुलीको भने विवाह भएको भोलिपल्टै मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?