तारा चापागाईं दुबे
पोखरा, असार १९ गते । गण्डकी प्रदेशका शुक्रबार चार जिल्लामा ३२ जना काेराेना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशभर सङ्क्रमितको सङ्ख्या एक हजार ६३ पुगेको छ । नवलपुरको सुस्तापूर्वमा सबैभन्दा बढी १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी तनहुँमा नाै जना, पर्वतमा तीन जना र बाग्लुङमा एक जनामा पुष्टि भएको हो । सङ्क्रमित पुष्टि भएका ३२ जनामध्ये चार जना महिला रहेका छन् भने अन्य सबै पुरुष रहेको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सबै व्यक्तिहरूलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।