logo
२०८१ मंसिर १५ शनिवार



बाँकेमा थप १४ जनाले कोरोना जिते, अब २५ जना मात्र निको हुन बाँकी

फिचर |
प्रदेश |


बाँकेमा थप १४ जनाले कोरोना जिते, अब २५ जना मात्र निको हुन बाँकी



सिराज खान
नेपालगञ्ज, असार १९ गते । केही समयअघि कोरोना हटस्पट बनेको बाँके जिल्लामा हाल आएर सङ्क्रमितहरू निको हुने क्रम बढेपछि अहिले २५ जना मात्र आइसोलेसनमा रहेका छन् ।
शुक्रबार मात्रै १४ जना थप निको भएर घर फर्किएपछि अब बाँकेमा २५ जना मात्र निको हुन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रबार आइसोलेसन सेन्टर खजुराबाट राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका सात जना र आइसोलेसन सेन्टर बनकटुवाबाट बैजनाथ गाउँपालिकाका विभिन्न वडाका सात गरी १४ जना निको भई घर फर्किएका छन् ।
उहाँले यीसँगै कोरोना मुक्त भई घर जानेको सङ्ख्या जिल्लामा ३३७ पुगेको बताउनुभयो ।

बाँकेमा हालसम्म ३६३ जनामा कोरोना पुष्टि भएकोमा दुई जनाको मृत्यु भइसकेको छ भने, आइसोलेसनमा अब २५ जनामात्र रहनुभएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
केही समयअघि एकैपटक सात हजारभन्दा बढी मानिस जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेकोमा हाल आएर ३१७ जना मात्र रहेका छन् ।

उनीहरूमध्ये पनि धेरै जनाको समय अवधि यसै साता पूरा हुने भएकाले आइसोलेसनसँगै क्वारेन्टाइन पनि खाली हुने क्रममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?