नवराज कट्टेल
विराटनगर, असार १९ गते । प्रदेश १ मा शुक्रबार २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छ जना डिस्चार्ज भएका हुन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा १३ महिला र आठ पुरुष रहेका छन् । मोरङका १२, सुनसरीका पाँच र उदयपुरका चार जना डिस्चार्ज भएका हुन् ।
विराटनगरबाट डिस्चार्ज हुनेमा तीन वर्षका बालकदेखि ४८ वर्ष सम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरू जेठ २७ देखि असार १२ गतेसम्म भर्ना भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ४२१ पुगेको छ । प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।