अमृतप्रसाद पौडेल
बेनी, असार २० गते । कोरोना सङ्क्रमण भएर हिमाली जिल्ला म्याग्दीको आइसोलेसनमा उपचाररत रहेका पाँच जना शुक्रबार कोरोनामुक्त भएसँगै शनिबार बिहान घर फर्केसँगै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ११ पुगेको छ ।
कोरोना सङ्क्रमण भएर उपचार भइरहेका चार जना पुरुष र एक महिलाको पीसीआर परीक्षणमा नेगेटिभ नतिजा आएपछि शनिबार बिहान डिस्चार्ज गरिएको हो ।
गत असार १४ गते स्वाब सङ्कलन गरी पठाएकोमा शुक्रबार साँझ रिपोर्ट नेगेटिभ आएपछि शनिबार बिहान डिस्चार्ज गरिएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।