मनु हमाल
सुर्खेत, असार २८ गते । कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आइतबार चार जिल्लाका २१ जनामा कोरोना सङ्क्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण कार्यालय, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका सात जना, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका दुई जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएकाे हो ।
अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ६१६ पुगेको छ । तर पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दैगएको छ भने निको हुनेको सङ्ख्या बढ्दैगएको छ । प्रदेशमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४०८ पुगेको छ । आइतबार मात्रै थप ४३ जना निको भएर घर फर्किएका छन । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको छ ।