logo
२०८१ फाल्गुन २६ सोमवार



बैङ्कअगाडि शङ्कास्पद वस्तु भेटियो

फिचर |
प्रदेश |


बैङ्कअगाडि शङ्कास्पद वस्तु भेटियो



सल्यान समाचारदाता
सल्यान, साउन १ गते । सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान बागचौर बजारमा रहेको मुक्तनाथ विकास बैङ्कअगाडि उक्त वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बिहान करिब ६.०० बजेको समयमा सानो बाल्टिनमा राखेको शङ्कास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि त्यहाँ प्रहरी परिचालन गरेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार वस्तुसँगै केही कुरा लेखेको पत्रसमेत छोडिएको छ । राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरूसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरूलाई ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएको छ । शङ्कास्पद वस्तुलाई डिस्पोज गर्न नेपाली सेना त्यसतर्फ गइरहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?