logo
२०८१ फाल्गुन २६ सोमवार



व्याँस गाउँपालिकामा पु-याइयो दुईसय क्वीन्टल चामल

फिचर |
प्रदेश |


व्याँस गाउँपालिकामा पु-याइयो दुईसय क्वीन्टल चामल


लोकेन्द्र जोशी
दार्चुला, साउन १ गते । व्याँस गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक/एक सय क्वीन्टल चामल पठाएको छ । माउन्टेन हेलिकोप्टरले बुधबार दिउँसोसम्म एक सय ५० क्वीन्टल चामल व्याँसको छाङरुमा ढुवानी गरिसकेको छ ।
सोमबारसम्म दुj} गाउँमा चामल पुर्याइसक्ने लक्ष्य भए पनि मौसमी प्रतिकूलताले हेलिकोप्टरमार्फत चामल ढुवानीमा ढिलाइ भएको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो । सुर्खेतबाट गत बिहीबार र शुक्रबार स्थलमार्गबाट दार्चुला सदरमुकाम खलङ्गासम्म ढुवानी गरिएको चामललाई आइतबारदेखि हेलिकोप्टरमार्फत व्याँससम्म ढुवानी गरिरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मकवानपुर ब्राण्डको मोटो चामल ढुवानीमा सरकारले अनुदान उपलब्ध गराएको छ ।
ढुवानी अनुदानपछि व्याँसका बासिन्दाले प्रतिकिलो ५१ रुपियाँमा चामल खरिद गर्न पाउने कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले बताउनुभयो । कम्पनीले ३० किलोग्रामका कट्टामा चामल उपलब्ध गराएको छ । गाउँपालिकाको व्यवस्थापनमा चामल बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । लकडाउन र सीमा बन्दका कारण व्याँसमा खाद्यान्न अभाव भएपछि प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको पहलमा ढुवानी अनुदानमा चामल आपूर्ति भइरहेको हो ।

प्रजिअ र जिल्ला प्रहरी प्रमुखको व्याँस भ्रमण
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र जिल्ला प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले व्याँस गाउँपालिका क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ । माउन्टेन हेलिकोप्टर प्रालिको हेलिकोप्टरमार्फत प्रजिअ र डीएसपी मङ्गलबार अपरान्ह व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरु पुगेर बुधबार फर्किएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनुभयो ।
व्याँस जोड्ने पैदलमार्ग अवरुद्ध भएको बेला माउन्टेन हेलिकोप्टरले छाङरु र तिङ्करमा चामल ढुवानी गरिरहेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ घाटीबगर क्षेत्रमा नेपाली सेनाको टोलीले पैदल बाटो निर्माण गरिरहेको छ । खलङ्गाबाट २८ कोष दूरीमा रहेको व्याँसमा पछिल्लो समय सरकारी अधिकारीहरूको भ्रमण बढिरहेको छ । वैशाख ३१ गते मात्रै छाङरुमा सशस्त्र प्रहरीको सीमा सुरक्षा चाैकी ( बीओपी) स्थापना गरिएको छ । असार ३ गते नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले व्याँसक्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको थियो । असार २१ गते परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको निरीक्षण टोली पनि व्यासको छाङरु पुगेको थियो ।
प्रजिअ र डिएसपीको टोलीले व्याँस क्षेत्रको शान्ति सुरक्षा र वस्तुस्थितिबारे अनुगमन गरेको जनाएको छ । दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि प्रजिअ शरदकुमार पोखरेलले पहिलोपटक व्याँसक्षेत्र भ्रमण गर्नुभएको हो । व्याँस पुगेको प्रजिअकाे टोलीले मङ्गलबार र बुधबार छाङरु क्षेत्रमा भ्रमण गरेको छ । छाङरु गाउँका स्थानीयवासीसँग भेटघाट र छलफल गरिएको छ । छाङरुको गागामा रहेको सशस्त्र प्रहरीको बीओपी र नीतिकुण्डामा रहेको प्रहरी चौकीको पनि निरीक्षण गरिएको दार्चुला प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?