logo
२०८१ फाल्गुन २६ सोमवार



कोरोनाबाट सप्तरीका एक वृद्धको मृत्यु

फिचर |
प्रदेश |


कोरोनाबाट सप्तरीका एक वृद्धको मृत्यु


धीरेन्द्रप्रसाद साह
राजविराज, साउन २ गते । सप्तरीको राजविराज नगरपालिका-६ निवासी एक प्रतिष्ठित व्यवसायीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने उहाँ पहिलो  हो ।
सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । गत बुधबार अस्पताल भर्ना गरिएको ७३ वर्षीय उहाँकाे बीपी कोइराला अस्पतालले सोही दिन स्वाब सङ्कलन गरिएको थियो । बिहीबार कोरोना रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । भर्नाको केही समयपछि उहाँको मृत्यु भएको बताइएको छ ।
उहाँ लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट बिरामी हुनुहुन्थ्यो । मृतकको शव ल्याएर सप्तकोसीमा व्यवस्थापन गरिनेबारे जिल्ला सङ्कट व्यवस्थापन समितिसँग छलफल भइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?