अर्घाखाँची, साउन ३ गते । जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेकाे बा १५ च २७०६ नम्बरको स्कार्पियो शीतगङ्गा नगरपालिका वडा नं. ३ रिपाहामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
चालक सकुशल रहेको प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो । मृतकको ठेगाना पहिचान नभएको जनाइएको छ ।