logo
२०८१ फाल्गुन २६ सोमवार



हिम पहिरोमा दुई हिम चितुवा मरे

फिचर |
प्रदेश |


हिम पहिरोमा दुई हिम चितुवा मरे


राजन रावत
सिमकोट, साउन ४ गते । हिमाल पारीको गाउँ लिमीमा हिम पहिरोमा पनि दुई वटा हिम चितुवा मरेका छन् । ओढारमा बसेको बेला माथिबाट आएको हिम पहिरोले छोपेर दुई वटा हिम चितुवामा बच्चा मरेका हुन ।
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको तील गाउँनजिकको दोम्वाल्यमा माथिबाट आएकाे पहिरोमा पुरिएर दुई वटा हिम चितुवाका बच्चा मरेको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
ती चितुवा केही अगाडि मरेको र लिमीमा गठन गरिएको वन्यजन्तु संरक्षण समितिले पत्ता लगाएको उहाँले बताउनुभयो । समितिले हिम पहिरोमा पुरिएर च्यापिएको अवस्थामा फेला पारे पनि छाला हड्डी काम नलाग्ने अवस्थामा रहेको बताउनुभयो ।
हिम चितुवा पहिरोमा पुरिएर मरेको खबर आउनेबित्तिकै कर्मचारी लिमी पठाउन लागेपनि समिति र वडाले केही काम नलाग्ने जानकारी गरेपछि कर्मचारी नगएको डिभिजन वन कार्यालय प्रमुख निरज झाले बताउनुभयो । दुर्लभ मानिने हिम चितुवा लिमीमा भने धेरै छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?