logo
२०८२ भाद्र १२ बिहीवार



नवलपरासीमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो

फिचर |


नवलपरासीमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो
पहिराे पन्छाउँदै स्थानीय


होमराज रानाभाट
डाडाँझेरी (नवलपरासी), साउन ६ गते । चार दिनदेखिको लगातार वर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासीकाे बुलिङ्टार गाउँपालिका वडा नं २, डाँडाझेरीमा गएराति एक घर पहिरोले पुरिँदा दुई जनाकाे ज्यान गएको छ ।

जिल्लाको पहाडी विकट गाउँ डाडाँझेरीमा ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती खिनीमाया सार्कीलाई पहिरोले पुरेको र खोजतलास गर्ने क्रममा आज बिहान ९.१५ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

राति करिब तीन बजेतिर घरमाथिबाट आएको ठूलो पहिरोमा परी सार्की दम्पती पुरिएकाे अनुमान गरिएकाे छ । घरसँगै पहिरोले सार्की दम्पती, बाख्रा, कुखुरालगायत पहिरोले पुरेको छोरा धनवीर सार्कीले बताउनुभयो ।

पानी धेरै परेका कारण पहिरो आएको र घर नै पहिरोले बगाएको गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले घटनास्थलमा प्रहरी परिचालन गरिएको बताउनुभयो । घटनास्थल सदरमुकाम कावासोतीबाट ५० किलोमिटर उत्तरमा पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?