logo
२०८१ मंसिर १३ बिहीवार



आंशिक रुपमा खुल्यो पोखरा-बागलुुङ सडकखण्ड

फिचर |


आंशिक रुपमा खुल्यो पोखरा-बागलुुङ सडकखण्ड
सौजन्यः नेपाल प्रहरी


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन ६ गते । अविरल वर्षापछि सोमबार राति आएको पहिरोले अवरुद्ध पोखरा-बागलुङ सडकखण्डको पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा–२ को नयाँपुल आंशिक रुपमा खुलेको छ ।

कुश्मा नगरपालिका वडा–२ को नयाँपुल सडकखण्डमा माथिबाट ठूलो ढुङ्गा खसी बाटो पूर्णरुपमा अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय, पर्वतबाट गएको टोलीले एक्स्काभेटरको सहयोगमा बाटोको केही अंश खुलाई साना सवारीहरू सुचारु गरेको छ । ठूला सवारी साधन चलाउने गरी दुईतर्फी सडक सञ्चालनको काममा प्रहरी सक्रिय बनेर लागेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?