logo
२०८१ मंसिर १० सोमवार



चोभारको गल्छीमा सेल्फी सरर...

पर्यटन |


चोभारको गल्छीमा  सेल्फी सरर...


गोरखापत्र अनलाइन
कीर्तिपुर, असार ६ गते । तीन दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने बाग्मती नदीको बाढीसँगै आ–आफ्ना सेल्फी खिच्नेहरूको ताँती यहाँस्थित चोभारको गल्छीमा देखिएको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका सहायक नदी छेउछाउका बस्ती डुबान परेसँगै हरेक वर्ष यस क्षेत्रमा बाढी हेर्नेको घुईंचो लाग्ने गरेको छ ।

उक्त क्षेत्रमा रहेको पक्की पुल र झोलुङ्गै पुलसँगै जलविनायक मन्दिरसँगै रहेको नाग देवता परिसर र त्यसको छेउमै रहेको ढुङ्गामा बसेर सेल्फी लिनेको भिडभाड नै हुने गरेको छ । अन्य स्थानभन्दा नाग देवताको ढुङ्गामा बाग्मतीको भेल सीधै ठोक्किने र त्यसको छालसँगै पैदा हुने बाफ र आवाजमा फोटो सेसन रोमाञ्चक र आकर्षक हुने गर्दछ ।

अरु दिन बाग्मतीको दूर्गन्धले ‘छि छि’ र ‘दुरदुर’ गरिने यस स्थान वर्षायाममा बाढीको कारणले केही दिन धेरैको प्रिय लाग्ने गर्दछ ।

तस्बिर : कविता थापा 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?