logo
२०८१ मंसिर ११ मंगलवार



मङ्गलबार वीरगञ्जमा मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन सेनाले गर्ने

फिचर |
स्वास्थ्य |


मङ्गलबार वीरगञ्जमा मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन सेनाले गर्ने


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ८ गते । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारको क्रममा मृत्यु भएका एक जना ७० वर्षीय ज्येष्ठ नागरिककाे कोरोना सङ्क्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारको क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माईस्थानका ७० वर्षीय व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार वीरगञ्जको एडभान्स अस्पतालमा उपचार पश्चात कोरोना भाईरसको सङ्क्रमणको आशङ्कामा मङ्गलबार १२ बजे नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पताल पुर्याइएका ७० वर्षीयको उपचारको क्रममा मृत्यु भएको थियो ।
मङ्गलबार अपरान्ह ४ बजे मृत्यु भएपछि गण्डक कोभिड अस्पतालमा स्वाब सङ्कलन गरी शव राखिएको र नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार रिपाेर्ट पोजिटिभ आएको कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले गोरखापत्रलाई बताउनुभयो ।
मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको, यसअघि छाती, मुटुको समस्या नरहेको, ट्राभल हिष्ट्रीसमेत नरहेकाले कोरोना कम्युनिटी लेभलमा गइसकेको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले बताउनुभयो ।
कोभिड अस्पतालमा नै मृतक वृद्धको शव रहेको र नेपाली सेनाले शव व्यवस्थापन गर्ने कार्य सुरु गरेको अस्पतालका कोर्डिनेटर डा. सिंहले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?