logo
२०८१ असोज ११ शुक्रवार



भारतमा चौबीस घण्टामा एक हजार १२९ जना कोरोना सङ्क्रमितको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा चौबीस घण्टामा एक हजार १२९ जना कोरोना सङ्क्रमितको मृत्यु
तस्विर-अलजजिरा


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ८ गते । कोभिड–१९ को सङ्क्रमणबाट भारतमा पछिल्लो चौबीस घण्टामा एक हजार एक सय २९ जनाले ज्यान गुमाएका छन् । लकडाउन खुला गरे यता दैनिक रुपमा सङ्क्रमितको संख्या उच्च वृद्धि हुँदै आएको भारतमा पछिल्लो चौबीस घण्टामा दत्र्ता गरिएको मृतकको संख्या अहिलेसम्मकै उच्च हो ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोभिड–१९ को सङक्रमणबाट हालसम्म २९ हजार ८६१ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा ४५ हजार ७२० जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उक्त संख्यासँगै भारतमा कोभिड–१९ सङ्क्रमित हुने १२ लाख ३८ हजार ६३५ पुगेको छ । भारतमा सङ्क्रमण सक्रिय रहेको बिरामीको संख्या चार लाख २६ हजार १६७ छ ।
महाराष्ट्र, तामिलनाडू, गुजरात र नयाँ दिल्ली कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभाबित राज्य हुन् । जुन २३, २०२० मा तीन हजार ९४७ जना सङ्क्रमितको पुष्टि भएको भारतको नयाँ दिल्लीमा एक महिनापछि एक दिनमा एक हजार ३४९ मा झरेको छ । एक महिना अघि दिल्लीमा निको हुने दर ३६ प्रतिशत रहेकोमा हाल ८४ प्रतिशत पुगेको छ ।
भारतमा निको हुने दर ६३.१३ प्रतिशत हो । मृत्युदर २.४१ रहेको छ । सङ्क्रमण पुष्टि हुने दर ८.०७ प्रतिशत मापन गरिएको छ । जुन पछिल्लो केही दिन यताभन्दा कम भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?