logo
२०८१ मंसिर १३ बिहीवार



दुई जना चिकित्सक, तीन बिरामीसहित १७ जनामा कोरोना पुष्टि

फिचर |
पढ्नै पर्ने |


दुई  जना चिकित्सक,  तीन बिरामीसहित १७ जनामा कोरोना पुष्टि


दिपकप्रसाद गौतम

वीरगञ्ज, साउन ८ गते । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना चिकित्सक, वीरगञ्जकै एडभान्स अस्पतालमा उपचारत तीन जना बिरामीसहित १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

बुधबार राति १० बजे आएको पिसीआर परीक्षणको रिपाेर्टअनुसार नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना चिकित्सक, वीरगञ्जकै एडभान्स अस्पतालमा उपचारत तीन जनासहित १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले बताउनुभयो ।

नयाँ फेला परेका सङ्क्रमितमध्ये एक ७० वर्षीय वृद्धको भने मङ्गलबार नै मृत्यु भइसकेको छ भने बाँकी सङ्क्रमितहरूलाई नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदय नारायण सिंहले जानकारी दिनुभयो ।

नयाँ सङ्क्रमण देखिनेमा दुई जना फिजिसियन चिकित्सक, र्सिया सुख्खा बन्दरगाहाका दुई जना कर्मचारी र एक जना ट्रक चालक रहेका छन् भने एक निजी विद्यालयका विधार्थी रहेका छन् । त्यस्तै, नयाँ फेला परेका सङ्क्रमितमा एडभान्स अस्पतालका उपचाररत तीन जना बिरामी र वीरगञ्ज वडा न १ छपकैयाका एक जना, वडा न ११ का एक जना, राधेमाइका एक जना, पटेर्वा सुगौली गाँपाका एक जनालगायत रहेका छन् ।

कोरोना भाइरस समुदायमा फैलिएको हुनसक्ने भएकाले सबै संयन्त्र मिलेर काम गर्नुपर्ने अन्य कुनै उपाय नरहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर बताउनुहुन्छ । पर्साका विभिन्न सरोकारवाला निकायसँग गर्नुपर्ने सहकार्यमा कमी आउँदा कन्ट्याक्ट ट्रेसिङ, सङ्क्रमित ओसारपसार, नमुना सङ्कलनलगायतको काममा बाधा सिर्जना भइरहेको उहाँले बताउनुभयो ।
गण्डक अस्थायी कोभिड अस्पतालमा हिजो बुधबारसम्म रहेका २९ जना सङ्क्रमितमध्ये २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको र एक जना आइसीयूमा उपचारत रहेको कोभिड अस्पतालका कोअर्डिनेटर डा. सिंहले जानकारी दिनुभयो । हाल गण्डक अस्थायी कोभिड अस्पतालमा छ महिला र २३ पुरुष गरी कुल २९ जना सङ्क्रमित उपचाररत रहेकोमा अब यो सङ्ख्या बढेर ४५ हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?