logo
२०८१ मंसिर १४ शुक्रवार



कञ्चनपुरमा एकै दिन २६ जनामा कोरोना पुष्टि

फिचर |
पढ्नै पर्ने |


कञ्चनपुरमा एकै दिन २६ जनामा कोरोना पुष्टि
सांकेतिक तस्विर


अविनाश चौधरी

धनगढी, साउन ८ गते । कञ्चनपुरका २६ जनामा बिहीबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २५८ स्वाब नमूना परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । पाँच महिला र २१ जना जना पुरुषको कोरोनो भाइरस पोजिटिभ रिपोर्ट आएको अस्पतालले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये तीन महिलासहित १३ जना शुक्लाफाँटा नगरपालिकाका रहेका छन् । यस्तै, बेल्डाँडी गाउँपालिकाका आठ जना र दुई महिलासहित पाँच जना बेलौरी नगरपालिकाका रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण वृद्धिदर अझै कम भएको छैन । यो प्रदेशमा जम्मा सङ्क्रमितको सङ्ख्या चार हजारभन्दा बढी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?