logo
२०८१ माघ २३ बुधवार



पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

फिचर |
पढ्नै पर्ने |


पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक


चितवन, साउन ९ गते । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८ः४५ बजे पनि पहिरो खसेको थियो । राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?