logo
२०८० चैत्र १६ शुक्रवार



वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा

फिचर |
प्रदेश |


वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ९ गते । जिल्ला सुरक्षा समिति र सर्वदलीय बैठकले पछिल्लो केही दिनयतादेखि वीरगञ्जमा कोरोना सङ्क्रमण बढिरहेकाले सङ्क्रमण फैलिन नदिन शनिबार बिहान ५.०० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमितहरू बिहीबार र शुक्रबार एक/एक जनाको मृत्यु भएको र धेरै सङ्ख्यामा नयाँ सङ्क्रमित फेला पर्न थालेकाले स्थानीय प्रशासनले विभिन्न दलका स्थानीय प्रतिनिधि , महानगरपालिकाका प्रतिनिधि सहितको सर्वदलीय बैठक बसी सङ्क्रमण फैलिन नदिन शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार सङ्क्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको हाे ।

पर्सामा बुधबार साझ १७ जना र बिहीबार साझ ३२ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने बिहीबार एक जना मृत व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो र शुक्रबार अर्को एक जना सङ्क्रमितको मृत्यु भएको थियो ।

अहिले पर्साको वीरगञ्जमा रहेको गण्डक अस्थायी कोभिड अस्पतालमा चार जना सङ्क्रमितहरूकाे आईसियुमा राखेर उपचार भइरहेको छ । पछिल्लो समय फेला परेका करिब ८५ प्रतिशत सङ्क्रमितहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको उपचारमा संलग्न चिकित्सक उदयनारायण सिंह बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?