logo
२०८१ फाल्गुन २६ सोमवार



इनरुवा बजारमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय

फिचर |
प्रदेश |


इनरुवा बजारमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय


नवराज कट्टेल
विराटनगर, साउन ९ गते । सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको बजार पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको छ । जिल्लास्थित संयुक्त कोरोना रोकथाम नियन्त्रण समिति (डीसीएमसी) ले अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र शनिबारदेखि अर्को निर्णय नहुँदासम्म लकडाउन गर्ने निर्णय गरिएको हो ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताका अनुसार सङ्क्रमित व्यक्तिले बजारमा हिँडडुल गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङ, स्वाब सङ्कलन र पीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
इनरुवा घर भई मोरङमा कार्यक्षेत्र भएका व्यक्तिलाई सङ्क्रमण देखिएको हो । उनी घर र कार्यालय आउजाउ गरिरहने भएकोले सम्भावित जोखिम न्यूनीकरणका लागि शुक्रबारदेखि नै सम्पर्क पहिचान गरिएको थियो ।
उनको सम्पर्कका आधारमा प्रत्येक वडाका २५ जनाको स्वाब सङ्कलन गर्नेसमेत निर्णय भएको मेयर मेहताले जानकारी दिनुभयो । स्वाब सङ्कलन गर्दा अति भिडभाड हुने क्षेत्रका पसलका सञ्चालक तथा आउजाउ गर्नेहरूको छनौट गर्नका लागि सम्बन्धित वडाका अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?