logo
२०८१ बैशाख ७ शुक्रवार



आरडीटी पोजिटिभ युवतीको वीरगञ्जमा उपचारका क्रममा मृत्यु  

फिचर |
प्रदेश |


आरडीटी पोजिटिभ युवतीको वीरगञ्जमा उपचारका क्रममा मृत्यु  


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ९ गते । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा उपचाररत एक १७ वर्षीय युवतीको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जमा मृत्यु भएको छ ।
बाराबो परवानीपुरकी किशोरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको आरडीटी परीक्षण पोजिटिभ आएपछि गण्डक अस्थायी कोभिड अस्पताल भर्ना गरी उपचार सुरू गरिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जैमुद ठाकुरले बताउनुभयो । उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो ।
मृतक युवतीको पीसीआर परीक्षणका लागि स्बाव सङ्कलन गरी सकिएको र राति अबेरसम्म रिपोर्ट आइसक्ने स्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?