logo
२०८१ फाल्गुन २७ मंगलवार



सप्तरीमा थप सात जनामा कोरोना, सङ्क्रमति सङ्ख्या ४२६ पुग्यो

फिचर |
प्रदेश |


सप्तरीमा थप सात जनामा कोरोना, सङ्क्रमति सङ्ख्या ४२६ पुग्यो
राजविराज स्थित आइसोलेशन केन्द्र । तस्बिर ः धीरेन्द्रप्रसाद साह/राजविराज



धीरेन्द्रप्रसाद साह
राजविराज, साउन १० गते । सप्तरीमा शनिबार थप सात जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका थपिएका उनीहरूसँगै सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ ।

जिल्लाको रुपनी गाउँपालिका वडा नं. ६ का ३३, वडा नं. ५ का ४० वर्षका दुई, शम्भुनाथ नगरपालिका वडा नं. २ का २८, वडा नं. ८ का ४१, वडा नं. १२ का ४५ वर्षका तीन, र अग्निसाइर कृष्ण सवरन गाउँपालिका वडा नं. १ का २८ र वडा नं. ८ का २३ वर्षका दुई जनामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीले जानकारी दिनुभयो ।

नयाँ सङ्क्रमतिहरूलाई राजविराजस्थित सञ्चालित आइसोलेसन अस्पताल केन्द्रमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । पछिल्लो दुई दिनयता १५ जना नयाँ सङ्क्रमित थपिएको थियो । हिजो शुक्रबार आठ र अस्ति बिहीबार सात जनामा सङ्क्रमण भटिएको उहाँले बताउनुभयो ।

हालसम्म आइसोलेन केन्द्रमा भर्ना भएका कुल ४०२ जनामध्ये ३१२ जना निको भएर डिस्चार्ज भइ घर फर्किसकेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिनुभयो । अहिले ९० जनाको उपचार भइरहको उहाँले बताउनुभयो । आइसोलेसनमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले भन्नुभयो, 'कसैकसैमा सामान्य रुघाखोकी, टाउको दुख्ने समस्या आएको थियो । औषधि सेवन गरेपछि निको हुँदैगएको छ ।'

यता राजविराज नगरमा १०, बलानबिहुल गाउँपालिकामा दुई र डाक्नेश्वरी नगरपालिकामा एक जना सङ्क्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताउनुभयो । उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?