logo
२०८१ मंसिर १४ शुक्रवार



कालीकोटमा बाढी: एकै घरका चारसहित छ बेपत्ता

फिचर |


कालीकोटमा बाढी: एकै घरका चारसहित छ बेपत्ता


प्रेमराज सिम्खडा

कालीकोट, साउन १३ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं १ वहल्तोलामा बाढीले घर बगाउँदा एकै घरका चार जनासहित पाँच जना बेपत्ता भएका छन् । जयबहादुर शाहीको वहल्तोलामा भएको घर राति आएको बाढीले बगाएर बगरमा परिणत गरेको छ । सामान्यतया गँगेखोलामा यति ठूलो बाढी आउला भनेर कसैले सोचेका थिएनन् ।

घरमा सुतिरहेको अवस्था बाढीले घर बगाएपछि जयबहादुर शाहीलगायत पाँचै जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा घरमुली वर्ष ५० का जयबहादुर शाही, उहाँकी छोरी वर्ष १५ सङ्गीता शाही, वर्ष १२ वर्षकी कौसी शाही, वर्ष ८ का छोरा नवीन शाही, भदै नाता पर्ने रास्कोट नगरपालिका वडा नं १ कै डम्बरबहादुर शाहीकी छोरी वर्ष १५ की अस्मीता शाही बेपता भएका छन् । घर बगरमा परिणत भएकाले बाढीले बगाएकाको शव भेटिने सम्भावना कमै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत प्रहरी निरीक्षक यक्षराज जोसीले बेपत्ताको खोजी कार्य भइरहेको छ । खहरेखोला निकै ठूलो आएकाले ५० मिटर जमिनलाई बगरमा परिणत गरेकाले बेपत्ता भएका पाँचै जनाको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

घटना भएको खबर पाउनासाथ घटना स्थान पुग्नुभएकी रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले पनि बेपत्ता भेटिने कुनै सम्भावना नभएको बताउनुभयो । घटनास्थल हेरेपछि आफू मर्माहत भएको भन्दै बेपताको खोजी र अन्य जोखिममा रहेका घरका नागरिकलाई अन्यत्र सारिरहेको बताउनुभयो । गँगेखोलाले ठूलो बाढीको रुप लिएपछि आसपासका १५ भन्दा बढी घर उच्च जोखिममा छन् ।

यस्तै वडा नं १ कै तुसारखोलामा आएको बाढीले टेकबहादुर टमटाको घर बगाउँदा घरमा बस्नआएकी महावीर शाहीकी छोरी वर्ष १४ की बेलपुरा शाहीको निधन भएको छ । टमटाको घरमा बाढी पसेर भत्किएको थियो । घर भत्किँदा बेलपुराको मृत्यु भएको छ । घरमा रहेका वर्ष ५४ का टेकबहादुर टमटा, उहाँकी श्रीमती मयसरा टमटा र छोरी यसोदा टमटा घाइते भएकी छन् ।

यस्तै भीषण परेको पानीले कर्णाली करिडोरमा ठूलो क्षति पुगेको छ । रास्कोट नगरपालिका वडा नं ९, फुकोटमा नेपाली सेनाले जोडेको बेलिब्रिज भासिएको छ । बेलिब्रिजको २० मिटर तल रहेको अर्को पुल भने बाढीले बगाएको प्रहरीले जनाएको छ । फुकोटगाडमा पानीको बहाब बढेपछि विष्णुबहादुर बुढथापा र पदमबहादुर थापाको घर पनि बगाएको छ । बाढी ठूलो आएको सुचना पाएपछि घरबाट मानिस भने भाग्न सफल भएका थिए । बाढीले थापा दाजुभाइको घरसँगै सबै सम्पत्ति बगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?