logo
२०८२ भाद्र १७ मंगलवार



पहिरोले घर पुरिँदा आमाछोरीको मृत्युु

फिचर |


पहिरोले घर पुरिँदा आमाछोरीको मृत्युु
सांकेतिक तस्बिर


टीकाबहादुर बस्नेत
दाङ, साउन १४ गते । पहिरोले घर पुरिँदा दाङमा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नम्बर–५, साकुनीमा घरमाथिबाट पहिरो आउँदा बुधबार बिहान आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।
अविरल वर्षापछि आएको पहिरोमा परी २४ वर्षीया बाटुली नेपाली र उहाँकी दुई वर्षीया छोरी आयुस्मा नेपाली रहेको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उहाँहरूको मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?