गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १४ गते । सरकारले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने मुख्य नाका साँगा र थानकोटमा पीसीआर चेकजाँच सुरु गरेसँगै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत परीक्षण सुरु गरेको छ ।
पछिल्ला दिनहरूमा काठमाडौँमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहँदा सरकारले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत पीसीआर परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरेको हो । सिंहदरबारमा कार्यरत चालक, कार्यालय सहयोगी तथा प्रत्यक्ष रुपमा बाहिरका मान्छेहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारी, रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा कार्यरत पत्रकारहरूको पीसीआर परीक्षणको लागि नमुना सङ्कलन गरिएको हो ।
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र