logo
२०८१ मंसिर ६ बिहीवार



पर्सा र बारामा १५ महिलासहित ५३ जनामा सङ्क्रमित थपिए

फिचर |
प्रदेश |


पर्सा र बारामा १५ महिलासहित ५३ जनामा सङ्क्रमित थपिए


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १५ गते । पर्सा र बारा जिल्लामा बुधबार १५ जना महिलासहित ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पर्सा जिल्लामा बुधबार साँझ १७ जना तथा बुधबार राति ३३ जना गरी ५० जना थप कोरोना सङ्क्रमित फेला परेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । पर्साका ५० र बाराका ३ गरी बुधबार पर्सा–बारामा ५३ जना सङ्क्रमित थपिएका हुन् । मङ्गलबार राति अबेर आएको पीसीआर परिक्षण रिपाेर्टमा ३४ जना नयाँ सङ्क्रमित पु्ष्टि भएकाे थियाे ।

नयाँ थपिएका सङ्क्रमितमा नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसमेत छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका दुई जना नेपाली सेनामा कोरोना देखएिको छ । यसअघि मङ्गलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना सङ्क्रमितमध्ये एक जना सेनाका जवान सङ्क्रमित देखिएका थिए ।

अन्य सङ्क्रमितहरूमा नारायणी अस्पतालको क्वार्टरमा बस्दैआएका ११ जना र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी चार जना रहेका छन् । अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुष, अस्पतालमा कार्यरत ३० वर्षीया एक जना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, वीरगञ्जकै ४९, ५४ वर्षका पुरुष, वीरगञ्ज २५ सीर्सियाका ६० वर्षीया महिला, ४२ र १८ वर्षका पुरुष र पाँच वर्षीय बालक, वीरगञ्ज १२ मुर्लीका तीन वर्षीया बालिका, २३ वर्षीया महिला र २८ वर्षका पुरुष, वीरगञ्ज-५ का २४ वर्षका पुरुष र ४८ वर्षीया महिला, वीरगञ्ज-८ पानीटङ्कीका २३ वर्षीय पुरुष, ३० वर्षीया महिला, वीरगञ्ज-१ छपकैयाका ३० वर्षका पुरुष, वीरगञ्ज-१० घडीअर्वाका ३६ वर्षीय पुरुष, वीरगञ्ज-२ छपकैयाका २० वर्षीय पुरुष, वीरगञ्ज-१६ राधेमाईका ३५ वर्षीय पुरुष, वीरगञ्ज-२३ प्रसौनीबिर्ताका २७ वर्षीय पुरुष, वीरगञ्ज-४ बिर्ताका ४० वर्षीया महिला, ३७, ३८ र ३४ वर्षका पुरुष, वीरगञ्ज-३ का ३० वर्षका एकजना पुरुष र २८ वर्षीया एकजना महिला, र वीरगञ्ज-१५ का ३० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

अन्य नयाँ सङ्क्रमितमा वीरगञ्ज १२ जिल्ला प्रहरी कार्यालयअगाडि ५० र २५ वर्षीया महिला र १९ वर्षीय पुरुषमा पर्साकै छपिहरमाई-२, टिहुकीका ३५ वर्षीय पुरुष, जगरनाथपुरका २२ वर्षीय पुरुष, पटेर्वासुगौली गाउँपालकिा-५ का २५ र २८ वर्षका पुरुष र २४ वर्षका महिला रहेका छन् ।

बाराको जितपुर स्वास्थ्यचाैकीमा कार्यरत २४ र २७ वर्षका पुरुष र बाराको कलैया-१ का ३४ वर्षीय पुरुष गरी बारामा तीन जनामा सङ्क्रमण देखिएको हो । बुधबार ५० जना सङ्क्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ३५७ जना पुगेको स्वास्थ्य कार्यालय, पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?