logo
२०८१ असोज १२ शनिवार



स्वास्थ्य सतर्कतासहित हज शुरु (फोटो फिचरसहित)

फिचर |
अन्तर्राष्ट्रिय |


स्वास्थ्य सतर्कतासहित हज शुरु (फोटो फिचरसहित)


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १५ गते । कोरोना महामारीको असर इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक तीर्थस्थल साउदी अरबको मक्का मदिनामा समेत परेको छ । प्रकोपको रुप लिन सक्ने आशङ्कामा सतर्क रहँदा साउदी अरब सरकारले हजलाई सीमित गरेको छ ।
तीर्थाटनको क्रममा सामाजिक दूरीको पालना गरिएको छ । तीर्थारुको स्वास्थ्यलाई लिएर विशेष सतर्कता अपनाइएको छ । साउदीको मक्कामा बुधबार पहिलोपटक सीमित सङ्ख्याका श्रद्धालुले तीर्थाटन गरेका छन् । इस्लाम धर्मावलम्बीले काबाको जमिनमा गोलो घेराबीच रहेर पवित्रस्थलको परिभ्रमण गरेका छन् ।


इस्लामको पाँच खम्बामध्येका एक हजका लागि वार्षिक यसै महिनामा बीस लाखभन्दा बढी इस्लाम धर्मावलम्बी सहभागी हुँदैआएका छन् । अन्तर्राष्ट्रिय तीर्थालुको आगमनमा प्रतिबन्ध लगाइएको छ । साउदी अरबमा बसोबास गर्दैआएका विदेशी नागरिक र २० देखि ५० वर्ष उमेर समूहका साउदी नागरिकलाई मात्रै हज गर्न दिइएको छ ।


साउदी अरबको स्वास्थ्य उपमन्त्री डा. अब्दुल्लाह असिरीले सीएनएनसँगको कुराकानीमा प्रत्येक तीर्थालुका लागि स्वस्थ वातावरण तयार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निःशुल्क रुपमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ, र सबै तरिकाले सुरक्षित बनाइएको छ ।”
तर यस वर्ष भने करिब एक हजार तीर्थालु मात्रै हज गर्न पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?