logo
२०८१ मंसिर १४ शुक्रवार



बाढी तथा डुबानमा परेकाहरूको एपीएफ टोलीद्वारा उद्धार (फाेटाे फिचर)

फिचर |
प्रदेश |


बाढी तथा डुबानमा परेकाहरूको एपीएफ टोलीद्वारा उद्धार (फाेटाे फिचर)


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन १६गते । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी र वडा नम्बर ९ खक्रौलास्थित मोहना नदीमा आएको बाढीले सो स्थानमा रहेका करिब ३३० घरभित्र पानी पसेर डुबानमा परेकाहरूको एपीएफ टोलीले उद्धार गरेको छ ।

सो ठाउँमा घरहरू डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट एपीएफ टोली खटिई गई उद्धार कार्यमा सकृयताका साथ जुटेको थियो ।डुबानमा परेका ५५ जना मानिस, ३७ वटा चौपाया तथा ती घरमा रहेका सरसामानहरू सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, कैलाली जिल्लाको भजनी नगरपालिका-८ स्थित सोनाफाँटा ईलाकामा साउन १४ गते गौरीखोलाको पानी बस्तीमा पसेर डुबानमा परेपछि फसेका दुई जनाको एपीएफ टोली र स्थानीय प्रहरीले जीवितै उद्धार गरेको छ ।

डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनीहरूको उद्धार गरेका थिए ।

डुबानमा परेर सोही ठाउँ बस्ने ईश्वर शाह, चन्द्र वि.क. र ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको बताइएको छ ।

ताइएको छ

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?