logo
२०८१ मंसिर ११ मंगलवार



पर्सामा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य |
मुख्य समाचार |


पर्सामा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि
फाइल तस्विर


दिपकप्रसाद गौतम

वीरगञ्ज, साउन १६ गते । पर्सामा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहित थप ४१ जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकाे बिहीबार राति अबेर आएको परीक्षण रिपोर्टअनुसार ४१ जना सङ्क्रमित थपिएका हुन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार बिहीबार राति अबेर आएको परीक्षण रिपार्टमा नारायणी अस्पतालका दुई जना चिकित्सक, दुई जना स्टाफ नर्स, एक सरसफाई कर्मचारी र नेशनल मेडिकल कलेजका एक जना चिकित्सकमा सङ्क्रमण देखिएको छ । एडभान्स मेडिकेयर र अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत सङ्क्रमण देखिएको, दुईवटा औषधि उद्योगका चार जना कर्मचारी र मास टेस्टिङका लागि रेल्वे माविमा सङ्कलन गरिएको ११३ स्बाव नमूना परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मेडिकल सुपरिडेन्टेन्ट डा. उपाध्यायले बताउनुभयो ।

नारायणी अस्पतालमा डायलसिस गराउने तीन जना मृगौला रोगका बिरामीमा पनि कोरोना पोजिटिभ देखिएको छ । पर्साको धोबीनी गाउँपालिका दुई जना, पोखरीया नगरपालिकाका एक जना र बहुदरमाई नगरपालिका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिनुभयो ।

मास ट्रेसिङमा पोजिटिभ आएका दुई जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ भने सङ्क्रमित ४१ जनामध्ये दुई जनाले पेड पीसीआर परीक्षण गराएका थिए । वीरगञ्जमा थपिएका सङ्क्रमितहरूमा उद्योगी, व्यापारी र सर्वसाधारण नागरिक रहेको मेसु उपाध्यायले जानकारी बताउनुभयो । बिहीबार राति अबेर ४१ जना सङ्क्रमित थपिएसँगै पर्सामा कुल सङ्क्रमितको सङ्ख्या ३९७ पुगेको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ । साउन १ गतेदेखि हालसम्म पर्सामा २४६ नयाँ सङ्क्रमित थपिएका छन् भने सोही अवधिमा १० जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?