दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १६ गते । बिहीबार र शुक्रबार गरी दुई दिनमा पर्सा जिल्लाबाट २० जना कोरोना भाइरसको सङ्क्रमणलाई जितेर सङ्क्रमणमुक्त भएका छन् । वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्थायी कोरोना अस्पतालबाट सङ्क्रमणमुक्त भएर २० जना डिस्चार्ज भएका हुन् ।
बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना सङ्क्रमित निको भएर डिस्चार्ज भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिनुभयो । पछिल्ला दुई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको डा. सिंहले बताउनुभयो । कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेमा तीन महिलासहित २० जना रहेका छन् ।