logo
२०८० चैत्र १६ शुक्रवार



आइतबार पर्सामा सङ्क्रमित सङ्ख्या ७० पुग्यो

फिचर |
प्रदेश |


आइतबार पर्सामा  सङ्क्रमित सङ्ख्या ७० पुग्यो


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १९ गते । आइतबार साँझ र राति अबेर आएको पीसीआर परीक्षणको रिपाेर्टअनुसार पर्सामा आइतबार ७० जना नयाँ कोरोना सङ्ख्याहरू थपिएका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आइतबार बाराका तीन जना, पर्साका ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
आइतबार साँझ आएको रिपाेर्टअनुसार बाराका तीनसहित थप ३८ जना र राति अबेर आएको रिपाेर्टअनुसार अन्य थप ३५ जना गरी पर्साका ७० जना अनि बाराका तीन जनामा कोरोना पुष्टि भएको हो ।

वडा अध्यक्ष, पत्रकार, प्रहरी, स्वास्थ्यकर्मी, नेपाली सेना र भारतीय नागरिकसहित १० वर्षदेखि ७७ वर्ष उमेर समूहका ७० जनामा सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनुभयो । नयाँ सङ्ख्याहरूमा १२ जना महिला रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष , वडा प्रहरी कार्यालय श्रीपुरका तीन जना प्रहरी, एक जना ३९ वर्षीय पत्रकार, अस्पतालका स्वास्थयकर्मी, नेपाली सेना, भारतीय नागरिक एक/एक जना गरी पर्साका ७० जनाका कोरोना सङ्क्रमण पुष्टि भएको डा. उपाध्यायले जानकारी दिनुभयो । थुनुवामा सङ्क्रमण देखिएपछि वडा प्रहरी कार्यालय नै सिल गरी उक्त प्रहरी कार्यालयमा कार्यरत ४८ जना प्रहरी कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

आइतबार फेला परेका नयाँ सङ्ख्याहरू सबै मास टेस्टिङका लागि लिइएको स्वाब र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरिएका मात्र रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा आइतबार साँझ आएको पीसीआर परीक्षण रिपाेर्टअनुसार २७ जना र राति अबेर आएको परीक्षण रिपाेर्टमा १९ जना गरी ४६ जना नयाँ सङ्ख्या फेला परेका छन् भने शनिबार १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे थियाे ।

वडा नं. ११ का अध्यक्ष प्रद्युम्न सेढाईंले गत साउन १५ भएको मास टेस्टिङका लागि २५२ जनाको स्वाब सङ्कलन गरी परीक्षण भइरहेको मध्येबाट र २५ जना कन्टयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा नयाँ सङ्ख्याहरू भेटिएको जानकारी दिनुभयो ।

साउनयता पर्सामा ४२५ नयाँ सङ्ख्या थपिएका छन् । पर्सामा सङ्ख्याको सख्या ५७७ पुगेको छ । आइतबार ७० जना शनिबार ४५, शुक्रबार ६५, बिहीबार ४४, बुधबार ५४ जनामा मङ्गलबार ३४ जना र सोमबार १५ जना गरी पछिल्लो एक हप्तामा ३२७ जना नयाँ सङ्ख्या थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?