logo
२०८१ मंसिर ११ मंगलवार



विराटनगरमा काेराेना भाइरसका कारण थप एक जनाको मृत्यु

फिचर |
स्वास्थ्य |


विराटनगरमा काेराेना भाइरसका कारण थप एक जनाको मृत्यु



नवराज कट्टेल
विराटनगर, साउन १९ गते । कोशी अस्पताल विराटनगरमा एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । विराटनगर–५ निवासी ७७ वर्षीय पुरुषको सोमबार मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार बिहान स्वास्थ्य समस्या देखिएर अस्पतालमा भर्ना भएका वृद्धको दिउँसो मृत्यु भएको थियो ।
कोशी अस्पताल आइसोलेसन वार्डका प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार १० बजे उपचारका लागि भर्ना भएका बिरामीको श्वाप्रश्वासमा समस्या देखिएको थियो । सामान्य ज्वरोसमेत देखिएपछि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा पोजिटिभ आएको हो ।
अस्पतालमा भर्ना हुँदाताका अक्सिजनको मात्रा ६५ मात्रै मापन गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि मोरङको सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषको समेत मृत्यु भएको थियो ।
यससँगै प्रदेश १ का २ जनासहित प्रदेश १ मा चार जनाको मृत्यु भएको छ । यसअघि बीपीमा उपचाकार लागि भर्ना भएका प्रदेश २ का दुई जना र मोरङ सुनवर्षीका पुरुषको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?